०३ असार २०८३, बुधबार

प्रधानमन्त्रीलाई ‘ब्युरोक्रेसी’ ले टेरेन

मंसिर ९, २०७५
प्रधानमन्त्रीलाई ‘ब्युरोक्रेसी’ ले टेरेन

काठमाडौं– सरकारका अधिकांश निर्णय कार्यान्वयन नहुँदा नागरिकमा निराशा छाउन थालेको छ । सरकार गठन भएको आठ महिना पूरा हुँदा पनि नतिजामुखी कामको शुरुवात हुन सकेको छैन ।

प्रधानमन्त्री स्तरबाट निर्णय कार्यान्वयनका लागि ब्युरोक्रेसी’लाई निर्देशन दिइए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भएको थियो । यो अवधिमा सयौं निर्णय भएको देखिन्छ, जसअन्तर्गत २०७४ फागुनमा ५२, चैतमा ४३, २०७५ वैशाखमा ६९, जेठमा १ सय ८, असारमा २८, साउन र भदौमा १ सय ३५ र असोजमा १ सय १६ वटा निर्णय भएका छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 


 

salt training

कमेन्ट गर्नुहोस्