
काठमाडौं–चन्द्रागिरी नगरपालिका–१ स्थित हिरा ईट्टाभट्टामा काम गर्ने बागलुङ घर भएका ४० वर्षीय प्रेम गुरूङको माटोको ढिस्काले पुरिएर मृत्यु भएको छ ।
सोही इट्टाभट्टामा काम गर्ने क्रममा आइतबार दिउँसो अचानक पुरिन जाँदा गम्भीर घाईते भएका उनको ओम समाज अस्पताल सतुङगलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।