काठमाडौं, २० फागुन — संसारमा भएका केही अचम्मका आमाहरूका बारेमा यहाँ हामी बताउँदैछौं ।

बच्चालाई जन्म दिने पुरुष
थमस बीटी नामक पुरुष १० वर्षपहिले चर्चामा आएका थिए । यी पुरुषले आफ्नै कोखबाट बच्चा जन्माउने घोषणा गरेपछि कृत्रिम गर्भाधान प्रक्रिया उपयोग गरेका थिए । यसैक्रममा उनले कुनै दाताले दिएको वीर्य उपयोग गरेका थिए ।
संसारकै सबभन्दा कम उमेरकी आमापाँच वर्षकी मेडिना नामक बच्ची सबभन्दा कम उमेरकी आमा बनेकी थिइन् । एकचोटि उनलाई अस्पताल लाँदा उनको पेट अरू बच्चाको भन्दा ठूलो पाइयो । जाँच्दा पो थाहा भयो, उनी त आठ महिनाकी गर्भवती रहिछन् । पछि उनले सफलतापूर्वक बच्चीलाई जन्म दिइन् ।

विश्वकै सबभन्दा होची आमास्टेसी नामक महिलाको उँचाइ दुई फीट चार इन्च मात्र छ । उनले सफलतापूर्वक दुई बच्चा जन्माइन् ।

विश्वकी सबभन्दा वृद्धा आमाभारतीय महिला दलजिन्दर कौरले ७० वर्षको उमेरमा बच्चा जन्माइन् । हरियाणास्थित फर्टिलिटी क्लिनिकको आईभीएफमार्फत उनले बच्चा जन्माएकी हुन् ।
६९ बच्चाहरूकी आमासत्ताईसचोटि गर्भवती भएकी यी महिला ६९ बच्चाहरूकी आमा हुन् ।

एकैचोटि आठ बच्चालाई जन्मनाड्या डनिस नामक यी महिलाले सन् २००९ मा आठ बच्चाहरू जन्माएकी थिइन् । यसअघि अर्की महिलाले ६ बच्चालाई जन्माएकी थिइन् ।

विश्वकै सबभन्दा बढी बच्चा पाउने सरोगेट आमायो महिलाले सरोगेट आमाका रूपमा १६ बच्चा जन्माइन् । यो अहिलेसम्मकै कीर्तिमान हो ।

सबभन्दा सानो बच्चाकी आमारुमेसा रहमान नामक यी महिलाले १० इन्चको बच्चा जन्माएकी थिइन् । बच्चा जम्मा ८०० ग्रामको थियो । बीयरको बोतलभन्दा पनि कम तौल थियो यसको ।
एजेन्सीको सहयोगमा