१७ असार २०८३, बुधबार

अटोरिक्सा दुर्घटनामा एक जनाको मृत्यु

मंसिर १०, २०७५
अटोरिक्सा दुर्घटनामा एक जनाको मृत्यु

कावासोती- पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा गए राति सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । 

विनयी त्रिवेणी गाउँपालिका–१ मा लु ३ त ८११३ नम्बरको ट्र्याक्टरमा लु १ ह २१९ नम्बरको अटोरिक्सा ठोक्किँदा अटोरिक्सामा सवार विनयी त्रिवेणी गाउँपालिका–४, सर्दी बस्ने १८ वर्षीय वसन्त पल्लीमगरको घटनास्थलमानै मृत्यु भएको हो । 

दुर्घटनामा परी अटोरिक्सामा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय भीमबहादुर सारुमगर घाइते भएका छन् । घाइते सारुमगरको मध्यबिन्दु अस्पताल डण्डामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानिले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्