०६ साउन २०८३, बुधबार

कलङ्की अन्डरपास अझै पूर्ण सञ्चालनमा आएन

मंसिर १०, २०७५
कलङ्की अन्डरपास अझै पूर्ण सञ्चालनमा आएन

काठमाडौँ - कलङ्कीस्थित चक्रपथको भूमिगत मार्ग अझै पनि पूर्ण संचालनमा आउन सकेको छैन । अन्डरपास पूर्ण रूपमा संचालनमा नआउँदा चौबाटो संचालनमा अवरोध आएको छ ।

तत्कालीन चिनियाँ प्रधानमन्त्री हु जिन्ताओको छोटो नेपाल भ्रमणको समयमा चक्रपथ बिस्तारका लागि बाबुराम भट्टराई नेतृत्वको सरकारले औपचारिक प्रस्ताव गरेको थियो । सोही प्रस्ताव अनुरुप चीन सरकारले नेपाललाई करिब ३ अर्ब ७५ करोड रुपैयाको अनुदान सहयोग गरेको थियो । त्यही सहयोगमा हाल चक्रपथ बिस्तार भइरहेको छ । बिस्तारको जिम्मा सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनीले लिएको हो ।

असार १५ देखि पूर्ण रूपमा संचालनमा आउने भनिएतापनि हालसम्म पनि अन्डरपास पूर्णरूपमा संचालनमा आउन सकेको छैन । त्यतिबेला सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक रबिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग असार १५ मै अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको जानकारी दिएका थिए । 

यो ‘अन्डरपास’ पूर्ण रूपमा संचालनमा आएपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् । त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन् । 
 

साथ साथै खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि अहिले दुई/दुर्ई लेनको सर्भिस ट्रयाक निर्माण अन्तिम चरणमा पुगेको चक्रपथ सुधार परियोजनाका प्रमुख सुजन खनालले जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्