१२ असार २०८३, शुक्रबार

इरान-इराक सीमामा भूकम्प आउँदा ३६१ जना घाइते

मंसिर १०, २०७५
इरान-इराक सीमामा भूकम्प आउँदा ३६१ जना घाइते

काठमाडौं — इराक र इरानबीचको सीमावर्ती क्षेत्रमा ६.३ रिक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पको झड्का इराकको राजधानी बग्दाद र अन्य प्रान्तमा समेत अनुभव गरियो । 

भूकम्पको केन्द्रविन्दु कसेर शिरिन सीमावर्ती क्षेत्रमा थियो । 

सीएनएनले इरानको फार्स समाचार संस्थालाई उद्धृत गर्दै इराक सीमामा जोडिएको इरानमा भूकम्पमा परी ३६१ ज्ना घाइते भएको लेख्यो । 

फार्सका अनुसार, सारपोल ए जहाब र कसेर ए शिरिनका कैयौं ग्रामीण क्षेत्रमा भवनहरू नष्ट भएका छन् । कैयौं घरका भित्ता ढलेका छन् । 

इरानको सञ्चारमाध्यमले केही प्रभावित क्षेत्रहरूमा स्थानीयहरू डराएर सडकमा निस्केको बताए । 

बग्दादमा भूकम्पको झड्का एक मिनेटसम्म अनुभव गरिएको मानिसहरूले बताए । इराकको पूर्वी प्रान्त दियालामा पनि भूकम्पको झड्का अनुभव गरिएको थियो । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्