१३ असार २०८३, शनिबार

पुनर्निर्माण प्राधिकरण र काभ्रेका स्थानीय तहहरुबीच ११ बुँदे समझदारी

मंसिर १०, २०७५
पुनर्निर्माण प्राधिकरण र काभ्रेका स्थानीय तहहरुबीच ११ बुँदे समझदारी

धुलिखेल– पुनर्निर्माणका कामहरुलाई अझ प्रभावकारी बनाई छिटो सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण  प्राधिकरण र काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहहरुबीच ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको  छ । 

पुनर्निर्माणको कार्यमा समन्वय एवं सहयोग आदान प्रदान गर्नका लागि काभ्रेपलाञ्चोक जिल्लामा आयोजित कार्यक्रममा गरिएको समझदारीपत्रमा प्राधिकरणका तर्फबाट जिल्ला कार्यान्वयन इकाई (जिमाली) काभ्रेका आयोजना प्रमुख लोकनाथ रेग्मी र सम्बन्धित गाउँपालिकाका÷ नगरपालिकाका प्रमुख ÷उपप्रमुखले हस्ताक्षर गरेका छन् । 

प्राधिकरणले नगरपालिका÷गाउँपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिष्टेण्ट सब–इन्जिनियर र डकर्मी आवश्यकता अनुसार खटाउने छ । प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका÷गाउँपालिकाको हुने लगायतका प्रावधान रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्