२९ असार २०८३, सोमबार

काठमाडौंको बुद्धनगरमा भीषण आगलागी

मंसिर १०, २०७५
काठमाडौंको बुद्धनगरमा भीषण आगलागी

काठमाडौं– काठमाडौंको बुद्धनगरमा रहेको एक फर्निचर उद्याेग आगो लागेको छ । 

महानगरीय प्रहरी प्रभाव बुद्धनगरको छेउमा रहेको एक चाइनिज फर्निचर उद्याेगमा आगो लागेको हो । 

आगो नियन्त्रणका लागि जुद्ध बारुण यन्त्र, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहितका दमकल प्रयोग गरिएको छ । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेका छन् । 

ठूलो मात्रामा आगलागी भएकाले नियन्त्रणमा आउन केही समय लाग्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बाेगटीले जानकारी दिए ।  


 

salt training

कमेन्ट गर्नुहोस्