०९ असार २०८३, मंगलबार

यी हुन् गुल्मी– १ का लागि सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमका १५ आयोजना

मंसिर १०, २०७५
यी हुन् गुल्मी– १ का लागि सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमका १५ आयोजना

काठमाडौं – सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदीप ज्ञवालीले १५ वटा आयोजना छनोट गरेका छन् ।

परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले चालू आर्थिक वर्षका लागि १५ वटा आयोजना छनोट गरेका हुन् । 

कार्यक्रम अनुसार दौंघा खानेपानी आयोजनाका लागि ५० लाख, हुँगा खानेपानी आयोजनाका लागि ५० लाख तथा बलेटक्सार बजार खानेपानी आयोजनाका लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ । 

ठूलाचौर लामडाडा राजा हरियाली सडकका लागि ३० लाख रुपैयाँ, बम्घा निमाविका लागि १५ लाख रुपैयाँ, गिदुवा तुथुम सडकका लागि ४० लाख रुपैयाँ, खारपानी जोगीथान खानेपानी आयोजनाका लागि ३० लाख र धुँवाखोला, रिट्ठारुख टारी, गेग्रे खानीपानीका लागि २५ लाख रुपैयाँ छुट्टाइएको छ । 

चम्सेरा सत्यवती मोटरबाटोका लागि १० लाख, पात्लेखोला खानेपानी आयोजनाका लागि ३० लाख, दुर्गा भवन मावि छापचौरका लागि २५ लाख, खलुका रुख शान्तिपुर लोकमार्गका लागि १० लाख बजेट छुट्टाइएको छ । 

बरल्बा लुङ बरेल राजमार्गका लागि १८ लाख रुपैयाँ र रातामाटा खानेपानीका लागि १५ लाख रुपैयाँ छुट्टाइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत प्रतिनिधि सभाको निर्वाचित सांसदको संयोजकत्वमा प्रदेशका सांसद र स्थानीय तहका प्रमुख रहेको समितिले योजना छनोट गरी खर्च गर्ने गरी ४ करोड रुपैयाँ छुट्टाइएको छ ।  

हेर्नुहोस्, आयोजनाहरू :

salt training

कमेन्ट गर्नुहोस्