०९ असार २०८३, मंगलबार

४ जना मृत फेला

मंसिर १०, २०७५
४ जना मृत फेला

काठमाडौं–    काठमाडौं, रौतहट, रोल्पामा र धादिङमा४ जना मृत अवस्थामा फेला परेका छन् ।
 

   काठमाडौंको टोखा नगरपालिक–३लौखाटोलमा  डेरा गरि बस्ने संखुवासभा भुतखोला गाउँपालिक–४ का ३९ वर्षीय  विजय राई आफ्नै भान्सा कोठामा सोमबार बिहान मृत अवस्थामा फेलापरेका छन् । 

    यस्तै रौतहटको वृन्दावन नगरपालिक  ८आकडपाथरमास्थित उखु बारीमाहाल नाम,थर,वतन नखुलेकाकरिब ५५ वर्षीय पुरुषको सडेगलेकोअवस्थामा सोमबार बिहान शव फेला परेको छ । 

    रोल्पाको रोल्पा नगरपालिका १० फर्सेधारामा हाल  नाम,थर, वतन,नखुलेकापुरुषसोमबार दिउसो मृत अबस्थामा फेला परेका पनि प्रहरीले जनाएको छ । 

    यस्तै धादिङको सिद्धलेक गाउँपालिका ७ स्थित त्रिशुली नदीको किनारमा हाल नाम,थर,वतन  नखुलेका २०वर्षीय पुरुषको शव आइतबार दिउसो फेला परेको छ ।

   यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्