१२ असार २०८३, शुक्रबार

साइकल गतिमा जनकपुर रेलः विश्वकै पुरानो रेल प्रविधि नेपालमा

मंसिर ११, २०७५
साइकल गतिमा जनकपुर रेलः विश्वकै पुरानो रेल प्रविधि नेपालमा

काठमाडौँ – ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीब्र प्रतिस्पर्धा छ । 

जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघन्टा ६०३ किलोमिटर गुड्छ ।

 फ्रान्सले प्रतिघन्टा ५७४ किलोमिटर र चीनले ५०१ किलोमिटर गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेल चलाइसकेका छन् । प्रतिघन्टा न्यूनतम २०० किलोमिटरको गतिमा गुड्ने रेललाई ‘हाइस्पिड रेल’ को परिभाषाभित्र राखिएको छ ।

नेपालमा सन् २०१९ को सुरुबाट जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी भइरहेको छ । तर यो रेलको गति निकै सुस्त हुनेछ । पुरानो न्यारोगेज ९२।६ फिट ट्रयाक० रेलवे विस्थापित गरी झन्डै चार वर्षपछि सञ्चालनमा आउने लागेको ब्रोडगेज ९५।६ फिट ट्रयाक० रेल्वेमा गुड्ने रेलको गति साइकलको भन्दा बढी हुँदैन । आजको नयाँ पत्रिका दैनिकमा खबर  छ ।

कमेन्ट गर्नुहोस्