२६ असार २०८३, शुक्रबार

‘ए’ डिभिजन लिगमा आज सरस्वती ब्रिगेड ब्वाइजसँग र मनाङ एपीएफसँग खेल्दै

मंसिर ११, २०७५
‘ए’ डिभिजन लिगमा आज सरस्वती ब्रिगेड ब्वाइजसँग र मनाङ एपीएफसँग खेल्दै

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सरस्वती युथ क्लव र ब्रिगेड ब्वाइज क्लवबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल हुन लागेको हो ।
खेल बिहान ११ बजे हुने छ । दुवै टिम जितको खोजीमा रहनेछन् ।

यसैगरी मनाङ मर्स्याङ्दी क्लबले विभागीय टिम एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो २ बजेर ३० मिनेट शुरु हुनेछ । दुवै टिम जितको लक्ष्यसहित मैदानमा उत्रदैछन् ।

तीन खेलबाट शत प्रतिशत नतिजा निकाल्दै ९ अंक बनाएको मनाङ पछिल्लो समयमा निकै लयमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्