
काठमाडौं — स्पेस एक्सका प्रमुख कार्यकारी अधिकारी अर्बपति एलन मस्कले मंगल ग्रह जाने इच्छा व्यक्त गरेका छन् । तर मस्कले बाटैमा वा मंगलमा उत्रनेबित्तिकै जीवित रहने सम्भावना न्यून रहेको बताए ।
सीएनईटीको एक रिपोर्टअनुसार, आइतवार मस्कले हालै मंगल ग्रहका बारेमा धेरै कुरा थाहा पाइएको र आफू त्यहाँ पुग्न उत्साहित रहेको बताए ।
उत्साहित मस्कले आफ्नो महत्त्वाकांक्षा बताउँदै भने, ‘म त्यहाँ पुग्ने नै हो । तर खतरा चाहिँ धेरै नै छ ।’
उनले थपे, ‘पृथ्वीमा भन्दा मंगलमा मर्ने सम्भावना बढी हुन्छ । मंगल पुगियो भने पनि कठिन परिस्थितिका कारण मरिन्छ जस्तो लाग्छ ।’
मस्कले भने, ‘अनेकौं मानिस हिमाल चढ्छन् । सगरमाथामा प्रायः मानिसहरू मरिरहेका हुन्छन् । तर चुनौती लिन म हिचकिचाउँदिनँ ।’
एजेन्सी