१४ असार २०८३, आइतबार

ट्रम्पका निर्वाचन अभियन्ताले झूट बोलेको भनाइ

मंसिर ११, २०७५
ट्रम्पका निर्वाचन अभियन्ताले झूट बोलेको भनाइ

काठमाडौं — अमेरिकी अभियोजनकर्ताहरूले राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व निर्वाचन अभियन्ता पल मानाफोर्टले एफबीआईसमक्ष झूट बोलेको बताएका छन् । 

अगस्ट महिनामा मानाफोर्टलाई युक्रेनमा राजनीतिक सल्लाहकार हुँदा आर्थिक घोटाला गरेकोमा अभियोजन लगाइएको थियो । 

अमेरिकी निर्वाचनमा रुसको हस्तक्षेपका विषयमा अनुसन्धान गरिरहेको विशेष निकायले मानाफोर्टविरुद्ध दण्ड सुनाउनका लागि ढिलाइको कुनै गुञ्जायस नरहेको बताएको छ ।

मानाफोर्टका वकिलहरूले मानाफोर्टबाट सत्य सूचना आएको विश्वास गरेका छन् । 

सेप्टेम्बर महिनामा उनले अन्य दुई फौजदारी अभियोगमा दोषी रहेको स्वीकार गरेका थिए । उनले स्पेसल काउन्सेल रोबर्ट मुलरसँग प्ली डी गरेका थिए । 

सन् २०१६ को निर्वाचनमा रुसले गरेको कथित हस्तक्षेपमा भएको अनुसन्धानपछि भएको यो पहिलो फौजदारी पुर्पक्ष हो । 

ह्वाइट हाउसले चाहिँ मानाफोर्टले दोष स्वीकार गर्नुको राष्ट्रपति डोनल्ड ट्रम्पसँग कुनै साइनो नभएकोमा जोड दिएको छ । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्