१२ असार २०८३, शुक्रबार

अमेरिकासँग व्यापारयुद्ध भएपछि भारतसँग आर्थिक सम्बन्ध बढाउँदै चीन

मंसिर ११, २०७५
अमेरिकासँग व्यापारयुद्ध भएपछि भारतसँग आर्थिक सम्बन्ध बढाउँदै चीन

काठमाडौं — अमेरिका र चीनबीच चलिरहेको व्यापारयुद्धका कारण संसारको दोस्रो ठूलो अर्थतन्त्रले छिमेकी मुलुक भारतसँग सम्बन्ध विस्तार गरेको छ । 

चीनका चिनी प्रशोधकहरूले भारतबाट बीस लाख टनसम्म कच्चा पदार्थ किन्न लागेका छन् । 

डिसेम्बर महिनामा एउटा चिनियाँ प्रतिनिधिमण्डलले भारतको भ्रमण गर्न लागेको चीन चिनी संघका उपाध्यक्ष लिउ हान्डेले बताए । भौतिक पूर्वाधारको अध्ययन गर्न तथा चिनीका लागि मूल्य सम्झौता गर्न यो भ्रमण हुन लागेको हो ।

भारतको चिनी उत्पादनले यो वर्ष अर्को कीर्तिमान बनाएको बताइएको छ र यसले देशको राष्ट्रिय भण्डारमा वृद्धि गर्ने अपेक्षा छ । भारतले ब्राजिललाई पछि पारेर १६ वर्षमा पहिलोपटक एक नम्बरको चिनी उत्पादक बन्ने सम्भावना रहेको
अमेरिकाको कृषि मन्त्रालयको अद्यावधिक तथ्यांकले देखाएको छ । 

यसअघि भारतका वाणिज्यमन्त्रीले चिनीबाहेक चीनले हालै बासमतीबाहेकको चामल आयातमा पनि सहमति जनाएको बताए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्