०७ साउन २०८३, बिहीबार

सरकारले मजदुरलाई पेन्सन दिने घोषणा गरेपछि विराटनगरमा दीपावली

मंसिर ११, २०७५
सरकारले मजदुरलाई पेन्सन दिने घोषणा गरेपछि विराटनगरमा दीपावली

विराटनगर– विराटनगरमा पनि सामाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।   नेपाल ट्रेड युनियन महासंघको अगुवाईमा सोमबार विराटनगरमा र्‍याली निकालिएको हो ।

विभिन्न मजदुर संगठनहरुले समुन्नत वर्तमान र सुरक्षित भविष्यका लागी सामाजिक सुरक्षा, असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगारका नारा लेखिएका प्ले कार्ड बोकेर र्‍यालीमा सहभागीता जनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा श्रमिकले पेन्सन पाउने भनी घोषणा गरेलगतै खुसी देखिएका मजदुरहरुले आज साँझ बिराटनरमा दिन प्रज्वलन गरेका छन् ।  

मजदुरका बिभिन्न पेशागत संगठन तथा मजदुरहरुले विराटनगरमा दीपावली गरेका हुन । विराटनगरको ट्राफिक चोकमा बिभिन्न स्थानबाट आएका मजदुरहरुले सरकारले घोषणा गरेको अभियानको स्वागत गरे ।

salt training

कमेन्ट गर्नुहोस्