२१ असार २०८३, आइतबार

रूसमाथि थप प्रतिबन्ध लगाइने, यस्तो छ कारण

मंसिर १२, २०७५
रूसमाथि थप प्रतिबन्ध लगाइने, यस्तो छ कारण

जर्मनी–पछिल्ला केही दिन यत यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरेका करिन नेइसलले बताएकी छिन् । 

“सम्भवत यो रूसमाथि थप प्रतिबन्ध लगाउनुपर्ने एउटा बिषय हो तर यसबारे आगामी दिनमा हुने घटना र परिवेश अनुसार निर्णय लिइनेछ,” उनले भनिन् ।

अष्ट्रियाका विदेशमन्त्रीसमेत रहेकी नेइसले आफ्ना जर्मनेली समकक्षी हेइको माससँगको कुराकानीपछिसञ्चारकर्मीसँग भनिन्, सबैकुरा दुबैतर्फबाट आगामी दिनमा हुने गतिविधिहरूमा निर्भर रहनेछ । “तर प्रतिबन्धबारे पुनः मुल्याङ्कन हुनु पर्ने देखिएको छ ।” 

रूस र यूक्रेनबीच पछिल्ला केही दिन यता नौसैनिक जहाजका बिषयलाई लिएर द्वन्द्व चर्किएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्