१३ असार २०८३, शनिबार

विश्वकै सुन्दर हिमालको उपमा पाएको आमादब्लम हिमाल सफाई अभियान अन्तिम चरणमा

मंसिर १२, २०७५
विश्वकै सुन्दर हिमालको उपमा पाएको आमादब्लम हिमाल सफाई अभियान अन्तिम चरणमा

 सोलुखुम्वु । विश्वकै सुन्दर हिमालको उपमा पाएको आमादब्लम हिमाल सफाई अभियान अन्तिम चरणमा पुगेको छ ।

सन् १९५३ बाट उक्त हिमाल आरोहण शुरु गरिएको थियो । हिमाल चढ्ने बिदेशी पर्यटकले गरेको फोहरले प्रदूषित भएपछि पहिलोपटक उक्त हिमाल सफाई अभियान शुरु गरिएको हो ।

जलबायु परिर्वतनका कारण खतराको सुचीमा पर्दै गएका नेपालका हिमालहरुको सुन्दरता र प्रदुषण मुक्त बनाउनका लागि सगरमाथा प्रदुषण नियन्त्रण समितिको अगुवाईमा पहिलोपटक आमादब्लम हिमालको पुरै सफाई अभियान शुरु भएको समितिका आर्थिक तथा प्रशासन प्रमुख निसान श्रेष्ठले जानकारी दिए।

बिभिन्न हिमाल आरोहणमा संलग्न रहेका १२ जना शेर्पाहरुले अहिले हिमाल सफाई अभियानलाई तीव्रता दिइरहेका छन् । 
यसपटकको सफाई अभियानका क्रममा अन्दाजी ४ हजार किलो फोहर संकलन हुने अनुमान गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्