०१ असार २०८३, सोमबार

डीआईजीसहित ३ को मृत्यु हुनेगरी दुर्घटनाग्रस्त जीपका चालक पुर्पक्षका लागि थुनामा

मंसिर १२, २०७५
डीआईजीसहित ३ को मृत्यु हुनेगरी दुर्घटनाग्रस्त जीपका चालक पुर्पक्षका लागि थुनामा

काठमाडौं –प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी काभ्रेको मण्डनदेउपुर नगरपालिका– ६ भाङ्गेटारमा गत कात्तिक १० गते दुर्घटनाग्रस्त जीपका चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

यसअघि उनलाई २७ दिन हिरासतमा राखी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीको संयोजकत्वको छानबिन समितिले अनुसन्धान गरेपछि मंगलबारदेखि पुर्पक्षमा राखेर छानबिन थालिएको हो ।

उक्त दुर्घटनामा घाइते डीआईजी भण्डारीलाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा र २४ वर्षीय पत्रकार जीवन पराजुली तथा ट्रेड युनियन कांग्रेसका ३ नं प्रदेश संयोजक ४४ वर्षीय विनोद कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । 

६ जना सवार बा ३ च २८७ नम्बरको ल्याण्डक्रुजर कच्ची सडकबाट करीब २०० मिटर तल खसेको थियो । 

घटनामा गम्भीर घाइते पूर्व प्रहरी नायबउपरीक्षक विनोद गौतमको हाल काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

सामान्य घाइते चालक बोगटी र अर्का धनराज पुरी दुर्घटनाको दुई दिनपछि अस्पतालबाट घर गएका थिए । 

चालक बोगटीका आफन्तले मृतकका आश्रित परिवारले नियमानुसार पाउने किरिया खर्च तथा क्षतिपूर्तिवापतको जनही रु पाँच लाखका दरले रु १५ लाख यही मङ्सिर ४ गते जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्