२८ जेठ २०८३, बिहीबार

मोफसल यात्राबाट फर्कियो ‘ड्रिम गर्ल’ युनिट, निर्देशक भन्छन् –‘माउथ पब्लिसिटी राम्रो छ’

मंसिर १२, २०७५
मोफसल यात्राबाट फर्कियो ‘ड्रिम गर्ल’ युनिट, निर्देशक भन्छन् –‘माउथ पब्लिसिटी राम्रो छ’

काठमाडौं– गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ड्रिम गर्ल’ युनिट मोफसल यात्राबाट बुधबार राजधानी फर्किएको छ ।

प्रदर्शनको दुई दिनपछि आइतबार यूनिट मोफसल यात्रामा निस्किएको थियो ।

चलचित्रका निर्देशक ऋषिराज आचार्य, नायिकाद्धय आश्मा गिरी, पूजा पराजुली, कलाकार शिशिर भण्डारी, मिडिया संयोजक लक्ष्मण सुवेदी लगायतको टिम पोखरा, बुटवल, नारायणघाट पुगी प्रचारप्रसारसंगै दर्शकसंग प्रतिक्रिया बुझेको थियो । चलचित्रका मुख्य नायक आकाश श्रेष्ठ भने व्यक्तिगत कारणले यो यात्रामा उपस्थित थिएनन् । 

हालसम्मको ब्यापार सामान्य रहेको बताउँदै माउथ पब्लिसिटीले दर्शक बढ्ने अपेक्षा रहेको निर्देशक आचार्यले बताए । ‘जतिले चलचित्र हेर्नुभएको छ । सबैले राम्रो प्रतिक्रिया दिनुभएको छ । अबका दिनमा ब्यापार बढदै जाने अपेक्षा छ’–उनले भने । चलचित्र देशभरका झण्डै ७५ हलमा प्रदर्शनरत छ ।

salt training

कमेन्ट गर्नुहोस्