२५ असार २०८३, बिहीबार

राष्ट्रपतिसँग कोरियाका राजदूतको बिदाइ भेट

मंसिर १२, २०७५
राष्ट्रपतिसँग कोरियाका राजदूतको बिदाइ भेट

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ हकले बिदाइ भेट गर्नुभएको छ । 

सो अवसरमा नेपाल र प्रज कोरियाबीच रहिआएको सम्बन्ध, आपसीहित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा नेपाल सरकार तथा कोरियाका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्