सिमकोट– भिरको सत्तरी मिटर तल कर्णाली नदी बग्छ । भिर फुटाउने मजदुरलाई हेर्दा पनि शरीरमा रिङ्गटा लाग्ने गरेको छ ।
तर पनि चार महिनादेखि राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको सिमकोट हिल्सा खण्डको च्याछरा भिर फुटाउने जस्तो ज्यानको जोखिम मोलेर पनि काम गर्नुपर्ने दैनिकी नै कामदारहरुको छ ।
‘निर्माणस्थलको चार सय मीटर टाढाको बासबाट सात बजे उठेर काममा आउनु, बिस्फोटनका लागि प्वाल खोप्नु दैनिकी बनेको भए पनि यसरी भिर फुट्ला भन्ने लागेकै थिएन,’ रामेछाप जिल्ला गकुलगङगा गाउँपालिका–१ का कामदार राजन थापाले भने ।
भिरमा जाँदा टाउकोमा हेलमेट र सेफ्टी बेल्ट बाँधेर प्वाल खोप्न जाँदा आङ नै सिरिङ्ग हुने गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।