१२ असार २०८३, शुक्रबार

उपेन्द्रको पार्टीमा विवाद, असोज ३ लाई ‘कालो दिन’ मान्ने कि नमान्ने ?

मंसिर १३, २०७५
उपेन्द्रको पार्टीमा विवाद, असोज ३ लाई ‘कालो दिन’ मान्ने कि नमान्ने ?

काठमाडौं – उपेन्द्र यादव नेतृत्वकाे संघीय समाजवादी फोरममा गत ३ असोजको संविधान दिवसलाई कालो दिन मान्ने कि नमान्ने भन्नेमा विवाद बढेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ । 

संविधान दिवस मनाएको २ महिनापछि फोरममा विवादको विषय औपचारिक रुपमा आएको हो । 

पार्टीको नीतिविपरीत पदाधिकारीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको भन्दै बैठकमा विषया प्रवेश भएपछि विवाद भएको हो । 

विवादमा केन्द्रीय उपाध्यक्ष रेणु यादवसमेत तानिएकी छिन् । 


 

कमेन्ट गर्नुहोस्