२९ असार २०८३, सोमबार

फोरममा अर्को विवाद, ३ असोजलाई ‘कालो दिन’ मान्ने कि नमान्ने ?

मंसिर १३, २०७५
फोरममा अर्को विवाद, ३ असोजलाई ‘कालो दिन’ मान्ने कि नमान्ने ?

काठमाडौं– संविधान दिवस मनाएको २ महिनापछि संविधान दिवसलाई ‘कालो दिन’ मान्ने कि नमान्ने भन्नेमा संघीय समाजवादी फोरममा विवाद बढेको छ । फोरमा असोज ३ लाई कालो दिन मान्ने कि नमान्ने भन्ने विषय औपचारिक रूपमा आएको हो ।

विवाद कार्यसम्पादनको बैठकदेखि केन्द्रीय समितिसम्म पुग्ने भएको छ । पार्टीको नीतिविपरीत पदाधिकारीले संविधान दिवसलाई कालो दिनका रूपमा मनाउने निर्णय गरेको भन्दै बैठकमा विषय प्रवेश भएपछि विवाद हुनुका साथै केन्द्रीय उपाध्यक्ष रेणु यादवसमेत तानिएकी छिन् । पार्टी संविधान दिवसको विषयमा मौन बसेको थियो । तर, केन्द्रीय उपाध्यक्षसमेत रहेकी यादवले प्रदेश २ मा कालो दिवस मनाउने निर्णय गरेकी थिइन् । 

३ असोजको उक्त घटनासँगै प्रदेश २ को इन्चार्ज, प्रदेश समितिको अध्यक्षमध्ये एक पद मात्र हुनुपर्ने माग पनि उठेको थियो । मंसिर २ देखि ५ गतेसम्म भएको फोरमको कार्यसम्पादन बैठकमा केन्द्रीय उपाध्यक्ष यादवविरुद्ध केही पदाधिकारीले प्रश्न उठाएका थिए । प्रश्न उठेपछि यादवले राजीनामा दिए पनि स्वीकृत भने भएन । यो विवाद २० मंसिरबाट सुरु हुने केन्द्रीय समितिको बैठकसम्म पुग्ने फोरमका एक पदाधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्