
रजनीकान्त तथा अक्षय कुमार स्टारर फिल्म २.० फिल्म आज(विहीबार) रिलिज भएको छ ।
भारतीय फिल्म उद्योगको महँगो फिल्मसमेत रहेको रेकर्ड बनाएको यो फिल्मले रिलिज पूर्व नै केही रेकर्डहरु राखिसकेको छ । फिल्मले बुकिङ र राइट बेचेर फिल्म निर्माणको आधा लागत उठाएको समाचारहरु भारतीय सञ्चारमाध्यमहरुमा आएका छन् ।
अहिले यो फिल्मका विषयमा केही विवादहरु समेत देखिएको छ ।
टेलिफोन कम्पनीहरुले यो फिल्मको लाइसेन्स खारेजको माग गरेका छन् । उनीहरुले फिल्ममा मोबाइलबारे गलज जानकारी र सूचना दिन खोजिएको र त्यसले नकारात्मक असर पुर्याउने भन्दै फिल्ममा रोक लगाउनु पर्ने माग गरेका छन् । यद्दपी फिल्म विहीबारबाट रिलिज भएको छ ।
यसैबीच मद्रासको अदालतले ३७ इन्टरनेट सभिर्स वितरकलाई १२ हजार वेभसाइटलाई व्लक गर्न आदेश दिएको छ । यी यस्ता वेभसाइट हुन् जसमाथि तमिल फिल्मको पाइरेट(चोरी) वर्जन देखाउने गरेका छन् ।
यो लिस्टमा २ हजार भन्दा धेरै वेभसाइटलाई तमिल राकर्सले चलाउँछन् । न्यायाधीश एम सुन्दरले बुधबार आदेश दिएका थिए ।
लाइका प्रोडक्सनले दर्ता गरेको रिटमा १२ हजार ५६४ अबैध वेभसाइटको लिस्ट बनाएको थियो ।
करिब ६ सय करोड बजेटमा बनेको फिल्मले रेकर्ड बनाउन सक्ने जनाइएको छ फिल्मले पहिलो दिन ५० करोड कमाउने अनुमान गरिएको छ ।
अक्षय कुमार पहिलो पटक साउथको फिल्ममा देखिएकी हुन् त्यो पनि भिलेको भूमिकामा ।