
काठमाडौं– एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सु की नेपाल आएकी छिन् ।
नेपाल अवतरण गरेकी सुकीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा रक्षामन्त्री ईश्वर पोखरलेलले स्वागत गरेका छन् ।
सम्मेलनमा सहभागी हुन अनौपचारिक भ्रमणका क्रममा विभिन्न ६ मुलुकका राष्ट्र प्रमुख तथा उच्च पदाधिकारी नेपाल आउँदै छन् । फिलिपिन्सका उपराष्ट्रपति लेनी रोब्रेडो हिजै काठमाडौं आइसकेका छन् ।
पोलीनेसिया मुलुक सामोआका राष्ट्रप्रमुख, दक्षिण प्रशान्त सागरमा रहेको टापु मुलुक टुभालुका सरकार प्रमुख र माईक्रोनेसिया मुलुक नाउरुका राष्ट्रपति बरोन वका पनि काठमाडौं आउने कार्यक्रम रहेको छ ।
विभिन्न ४५ देशका १ हजार ५ सयको विदेशी पाहुना काठमाडौंमा भेला हुने सम्मेलनमा सहभागी हुन पाकिस्तानका पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानी पनि काठमाडौं आउने कार्यक्रम छ ।
कोलम्बियाका पूर्व राष्ट्रपति, अफगानिस्तानका पूर्व उपराष्ट्रपतिलगाय सम्मेलनमा सहभागी हुन आउँने कार्यक्रम रहेको छ ।