३० असार २०८३, मंगलबार

एनआरएनए स्वीट्जरल्यान्डको महिला फोरमद्वारा वीर अस्पताललाई १२ ह्वीलचियर प्रदान

मंसिर १३, २०७५
एनआरएनए स्वीट्जरल्यान्डको महिला फोरमद्वारा वीर अस्पताललाई १२ ह्वीलचियर प्रदान

काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्डको महिला फोरमले वीर अस्पताललाई ह्विलचियर प्रदान गरेको छ । फोरमका संयोजक शुभ एल्मर लामाको संयोजन र फोरमका पूर्व उपाध्यक्ष विजया भट्टको पहलमा आर्थिक सङ्कलन गरी १२ वटा ह्विलचियर अस्पताललाई प्रदान गरिएको हो । 

बिरामीको सेवामा अलिकति भए पनि सहयोग पुगोस् भन्ने हेतुले ह्विलचियर प्रदान गरिएको बताउँदै पूर्वउपाध्यक्ष भट्टले मानवीय भावनासहित उठेका सहयोगी हातहरुले गरिएका सहयोग वास्तवमै अतुलनीय हुने बताए । अस्पतालका निमित्त निर्देशक डा सरोज शर्माले फोरमले अस्पताललाई ह्विलचियर प्रदान गरेर मानवीय सेवाको क्षेत्रमा सराहनीय कार्य गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्