
काठमाडौंको न्यूरोडमा कारको ठक्करबाट १० जना घाइते भएका छन् ।
न्यू रोड गेट नजिकै बा १८ च ४८७३ नम्बरको कारले ठक्कर दिँदा १० जना पैदल यात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
तिव्र गतिमा रहेको सवारी अनियन्त्रित भई पैदल यात्रुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको छ । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
कारका चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।