०२ साउन २०८३, शनिबार

काठमाडौंमा अपहरणपछि ८ वर्षीय बालकको हत्या

मंसिर १३, २०७५
काठमाडौंमा अपहरणपछि ८ वर्षीय बालकको हत्या
सा‌ंकेतिक तस्बिर

काठमाडौं– काठमाडौंको बालाजुबाट अपहरणमा परेका ८ वर्षीय बालकको हत्या भएको छ । 

बालाजुमा स्वस्तिका त्रिवेणी गेस्ट हाउस नामक होटेल सञ्चालन गर्दै आएका प्रवीण कुँवरका छोरा प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । प्रहरीका अनुसार प्रयास ३ दिन अघि बेपत्ता भएका थिए । 

बालकको खोजीका क्रममा म्हेपीमा शव फेला परेको प्रहरीले जनाएको छ । अपहरणमा संलग्नको आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रणीवको घरमा चालकको रुपमा कार्यरत महेन्द्र सार्की रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।  

एसएसपी लामाकाअनुसार म्हेपीस्थित खोलाको पुलमुनि प्रयासको शव फेला परेको हो । प्रहरीले चालक सार्कीलाई पक्राउ गरेपछि उनैले दिएको सूचनाका आधारमा बालकको शव फेला पारेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्