२३ जेठ २०८३, शनिबार

काँग्रेस बैठक भोलिसम्मका लागि स्थगित, आजको बैठकमा यी ५ नेताले राखे धारणा

मंसिर १३, २०७५
काँग्रेस बैठक भोलिसम्मका लागि स्थगित, आजको बैठकमा यी ५ नेताले राखे धारणा

काठमाडौं–नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहिबार केहीबेर बसेसँगै सभापति शेरबहादुर देउवाले शुक्रबारसम्मका लागि बैठक स्थगतको घोषणा गरेका हुन् । 

विधान संशोधन मस्यौदामा केन्द्रित रहेको आजको बैठकमा केन्द्रीय सदस्यहरु डा रामशरण महत, महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, नविन्द्रराज जोशी र प्रदिप पौडेलले आफ्नो धारणा राखेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
काँग्रेसको संशोधिन विधानका मस्यौदामा देउवा समूह र रामचन्द्र पौडेल समूहले आफ्ना कुरा राख्न तीब्र लबिइङ गर्दै आएका छन् । 
् 

salt training

कमेन्ट गर्नुहोस्