२८ जेठ २०८३, बिहीबार

मालिकसँग तलबमा विवाद हुँदा बालकको अपहरणपछि हत्या, नागर्जुनको जङ्गलमा मारेर सामाखुसीको खोलामा फ्याँके

मंसिर १३, २०७५
मालिकसँग तलबमा विवाद हुँदा बालकको अपहरणपछि हत्या, नागर्जुनको जङ्गलमा मारेर सामाखुसीको खोलामा फ्याँके

काठमाडौँ–तलबका बारेमा विवाद हुँदा आफ्नै सवारी चालकले काठमाडौँ गोङ्गबुका एक बालकको अपहरणपछि हत्या गरेको खुलेको छ । 
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र–ऐश्वर्यमार्गको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका आठ वर्षीय छोरा प्रयासकोे हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धीरजप्रताप सिंहका अनुसार स्याङ्जा भिरकोट नगरपालिका–७ घर भई हाल काठमाडौँ २६ मित्रनगर बस्ने २२ वर्षका महेन्द्र एसकेले तलब र जागीरको विवादका कारण बालकको अपहरणपछि हत्या गरेका हुन् । उनी एक महीनादेखि उक्त गेष्ट हाउसमा सवारी चालकका रुपमा काम गर्दै आएका थिए । 

घटनामा संलग्न रहेको आशङ्कामा आज दिउँसो पक्राउ गरी सोधपुछ गर्दा सो रहस्य बाहिर आएको प्रहरीले जनाएको छ । बालक बेपत्ता भएको उजुरी परेपछि दुई दिनदेखि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भने, “धेरै अनुसन्धान बाँकी नै छ, प्रारम्भिक अनुसन्धानमा रिसले हत्या गरेको स्वीकार गरेको छ, अपहरण, शरीर बन्धकपछि हत्यामा मुद्दा चल्छ ।” 

पैसाको माग गरे÷नगरेकामा भने खुल्न बाँकी रहेकोसमेत उनले बताए । 
 मालिकले गालीगलौज गर्ने, बालकले पनि घृणा गर्ने र प्रविणसँग जागीर र तलबका विषयमा विवाद भएपछि आवेगमा हत्या गरेको सार्कीले स्वीकारेको उनले बताए । 

उनले मङ्सिर ११ गते होटलमा कोही नभएका बेला चकलेट खान दिई आफ्नै गाडीमा हालेर प्रयासको अपहरण गरेका थिए । सोही दिन बेलुका ६ः४५ बजे नागर्जुनको जङ्गलमा लगेर नाँक, मुख थुुनी घाँटी थिचेर हत्या गरी सामाखुसी खोलामा फ्याँकेको प्रहरीले जनाएको छ । 

त्यसपछि होटलमा आएर उनले बालकको खोजतलासमा सहयोग गरेकोसमेत प्रहरीले जनाएको छ । उनको बयानका आधारमा खोजी गर्दा गोङ्गबुको म्हैपी पुलमुनि बालकको शव फेला परेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्