२८ असार २०८३, आइतबार

हुनेवाला श्रीमानले राखी कुमारी भएको प्रमाणपत्र सार्वजनिक गरेपछि‍‍...

मंसिर १४, २०७५
हुनेवाला श्रीमानले राखी कुमारी भएको प्रमाणपत्र सार्वजनिक गरेपछि‍‍...

 
मुम्बई– बलिउड अभिनेत्री राखी सावन्त वैवाहिक सम्बन्धमा बाँधिने भएकी छिन् । आवश्यकभन्दा बढी नाटक गर्ने अभियोग खेप्दै आएकी राखीको विवाहलाई नाटकको रुपमा लिँदा उनले त्यसको खन्डन गरेकी छिन् ।

विवाहको घोषणासँगै राखीका हुनेवाला श्रीमान दीपक कलालले राखी कुमारी भएको प्रमाणपत्र सार्वजनिक गरेका छन् । दीपकले राखीको कुमारीत्व परीक्षण गरेर जारी गरिएको चिकित्सकको प्रमाणपत्र ९भर्जिनिटी सर्टिफिकेट० सार्वजनिक गरेका हुन् ।
चिकित्सकले हस्ताक्षर गरेको सो प्रमाणपत्रमा राखीको कुमारित्व उत्कृष्ट र सशक्त रहेको उल्लेख छ । प्रमाणपत्रमा राखीको अगाडि र पछाडि दुबैतर्फको कुमारित्व उत्कृष्ट रहेको उल्लेख छ ।

राखीको बारेमा विभिन्न आरोप लागेका कारण आफूहरुले कुमारीत्व परीक्षण गराएको दीपकले बताएका छन् । सो प्रमाणपत्रलाई राखी र दीपकले गर्वका साथ सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन् ।

दीपक र राखीको ३१ डिसेम्बरमा विवाह हुँदैछ । उनीहरुको विवाहको बारेमा अहिले विभिन्न टिप्पणी आएका छन् । यस विषयमा राखीले भनेकी छिन्, ‘बलिउडमा धमाधम सबैका विवाह भएकाले हामीले पनि विवाह गर्न लागेको हौं । यो सबैका लागि खुसीको कुरा पनि त हो नी ।’
कुमारित्वको प्रमाणपत्र सार्वजनिक गरेका राखी र दीपकले आफ्नो विवाहको निम्ता पत्र पनि सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् । उनीहरुले विवाहको तिथि ३१ डिसेम्बर २०१८ अर्थात नयाँ वर्ष २०१९ को इभको रुपमा तोकेका छन् ।

यद्यपी सञ्चार माध्यमले राखीको विवाह अझै पनि होला र भन्दै अविश्वास व्यक्त गरेका छन् । उनले जारी गरेको विवाहको निम्ता कार्डलाई धेरैले राखीको नयाँ नाटक भनेर टिप्पणी गरेका छन् ।

अझ दीपकले जारी गरेको राखीको कुमारित्वको प्रमाणपत्र अहिले निकै विवाद र चर्चामा छ । यसलाई उनीहरुको नयाँ नाटकको रुपमा सामाजिक सञ्जालमा व्यापक टिप्पणी र व्यंग्य गरिएको छ । यो कुमारित्व परीक्षणको नाटक गराएर आफूहरुको खराब छबीलाई जबर्जस्ती राम्रो बनाउन राखीले नयाँ नाटक गरेको आरोप पनि यतिबेला लागेको छ । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्