२० असार २०८३, शनिबार

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट ५० लाख भेटी संकलन, सुन तथा चाँदी बेच्नै बाँकी

मंसिर १४, २०७५
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट ५० लाख भेटी संकलन, सुन तथा चाँदी बेच्नै बाँकी

ताप्लेजुङ– प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । 

गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिए । उनका अनुसार भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको  छ । 


यस्तै सुन तथा चाँदीलगायत गरगहना पनि बिक्री गर्न बाँकीे छ । मन्दिरमा चढाएको भेटी त्यहाँ कार्यरत कर्मचारीले सङ्कलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । त्यहाँको साचो प्रहरी र समितिका एक कर्मचारीले राख्ने गरेका छन् । 
वार्षिक स्वदेशी तथा विदेशी गरी रु दुई लाखभन्दा बढी तीर्थयात्री पाथीभरा मन्दिरमा आउने गरेका र वार्षिक करोडौँ रुपैयाँ बराबरको भेटिघाटी सङ्कलन हुँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्