०९ साउन २०८३, शनिबार

ग्लोबल आईएमई बैैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

मंसिर १४, २०७५
ग्लोबल आईएमई बैैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रालिबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

सम्भौता पत्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रालिका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ र ग्लोबल आईएमई बैंकका कार्ड बिक्रीवितरण तथा प्रवद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे ।

ग्लोबल आईएमई बैंकले ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी योजना ल्याइरहेको छ ।

सम्झौतापश्चात् नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा ग्लोबल आईएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आईएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् ।

ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ३२ शाखा, १ सय ४१ एटीएम, ६ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय ४ शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् ९ लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्