३१ जेठ २०८३, आइतबार

विभिन्न देशबीच तनावका बीच शुरू हुँदै जी२० सम्मेलन

मंसिर १४, २०७५
विभिन्न देशबीच तनावका बीच शुरू हुँदै जी२० सम्मेलन

काठमाडौं — शक्तिशाली मुलुकहरूको वार्षिक जी२० शिखर सम्मेलनमा भाग लिनका लागि विश्वनेताहरू अर्जेन्टिनामा भेला भएका छन् । रुस र युक्रेनबीचको विवाद र चीनविरुद्ध अमेरिकाको व्यापारयुद्धका बीच सम्मेलन हुन लागेको हो । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटघात स्थगित गरेका छन् । रुसले युक्रेनी जलसेनाका डुंगामा कब्जा जमाएको विरोधमा वार्ता स्थगित गरिएको हो । 

अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा हुने सम्मेलनमा भव्य सुरक्षा बन्दोबस्त गरिएको छ । 

शुक्रवार बैंक बिदा तोकिएको छ र शहरको मुख्य क्षेत्र बन्द गरिएको छ । 

ट्रम्पले चिनियाँ राष्ट्रपति शी चिनफिङसँग गर्ने अपेक्षा गरिएको वार्तामा व्यापारयुद्ध अन्त्यका आशामा तुषारापात भएको छ । 

यी दुई आर्थिक महाशक्तिहरू व्यापारयुद्धमा अल्झिएका छन् र त्यो युद्ध चर्किने सम्भावना छ । 

जलवायु परिवर्तनका सम्बन्धका गरिने प्रतिबद्धता पनि वार्ताको गाँठोका रूपमा रहेको छ । 

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले पेरिस जलवायु सम्झौताबाट ब्राजिलका राष्ट्रपति निर्वाचित जेर बोल्सोनारो पछि हटेमा दक्षिण अमेरिकाको मर्कोसुर ब्लकसँगको व्यापार सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् । 

यो सम्मेलन साउदी युवराज मोहम्मद बिन सलमानका लागि कूटनीतिक परीक्षाका रूपमा रहेको छ । टर्कीमा साउदी पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी राज्यकै संलग्नता रहेको विषयमा सलमानमाथि निरन्तर प्रश्न उठिरहेका
छन् । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्