१४ असार २०८३, आइतबार

सन्जय दत्तको ईशारामा बाउन्सरले कुटे पत्रकार, ५ घाइते ( भिडियोसहित)

कात्तिक २०, २०७४
सन्जय दत्तको ईशारामा बाउन्सरले कुटे पत्रकार, ५ घाइते ( भिडियोसहित)
आगरा, २० फागुन– ताजनगर आगरामा बलिउड अभिनेता सन्जय दत्तको ‘भूमि’ फिल्म सुटिङ भइरहेको थियो । सुटिङस्थलमा दत्तलाई हेर्न स्थानीयहरुको ठूलो भीड लागेको थियो ।

यसैक्रममा पत्रकारहरु पनि सुटिङ रिपोर्ट तयार गर्न क्यामरा सहित पुगेका थिए । पत्रकारहरुसँग झडपका क्रममा सन्जय दत्तको निर्देशनमा उनका बाउन्सरले त्यहाँ उपस्थित पत्रकारमाथि हातपात गरेका छन् ।

बाउन्सरको हमलाका कारण समाचार संकलन गर्न गएका ५ पत्रकार घाइते भएका थिए । आफूहरुमाथि सन्जय दत्तको बाउन्सरहरुले अभद्र व्यवहारसहित कुटपिट गरेको भन्दै घाइते पत्रकारले आगरास्थित प्रहरीमा उजुरी दिएका छन् ।

घटनाका क्रममा घाइते भएका पत्रकारहरुसँग सन्जय दत्तले माफी मागेका छन् । केही दिन अघि देखि सन्जय दत्तसहित सुटिङ युनिट आगरामा ‘भूमि’ फिल्मको सुटिङ चलिरहेको थियो ।

यसैक्रममा आगराको ताजमहलभन्दा केही टाढा वीवीआइपी रोडमा सुटिङ चलिरहेको थियो र सुटिङका कारण उक्त क्षेत्रमा ठूलो ट्राफिक जाम भइरहेको थियो । जामका कारण अन्य देशबाट ताजमहल हेर्न आइपुगेका पर्यटकहरु समेत प्रभावित भएका थिए ।

सुटिङका कारण जाम भएको र पर्यटकहरु अलपत्र परेको समाचार संकलन गर्न पुगेका पत्रकारहरु सन्जय दत्तको बाउन्सरको रिसको सामना गर्नुप–यो ।

पत्रकारले यस घटनाको बारेमा समाचार संकलन गरिरहेकै अवस्थामा सन्जय दत्तको इशारामा उनका बाउन्सरहरुले त्यहाँ आएका पत्रकारमाथि कुटपिट शुरु गरेका थिए ।

पत्रकारमाथि भएको कुटपिटको स्थानीय बासिन्दाहरुले पनि विरोध जनाएका छन् । यो सबै घटनाक्रम पत्रकारको क्यामरामा कैद भएको छ ।
घाइते पत्रकारले सन्जय दत्तका बाउन्सरका साथसाथै प्रहरीले आफूहरुमाथि हमला गरेको बताए ।

घाइते पत्रकार अजयकुमारले भने‘ म सुटिङ स्थलमा पर्यटकहरु अलपत्र परेको घटना संकलन गरिरहेको थिएँ, त्यहीबेला सन्जय दत्तका बाउन्सरहरु आएर ममाथि अन्धाधुन्ध कुटपिट गर्न थाले ।’ बाउन्सरको कुटपिटबाट उनको टाउको र छातीमा गम्भीर चोट लागेको छ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्