
बलिउडको सबैभन्दा महँगो फिल्म ‘२.०’ ले बिहीबार पहिलो दिनको प्रदर्शनबाट २० करोड २५ लाख भारु कमाएको छ । यसका हिन्दीबाहेकका तीन भाषाको कमाइ समावेश छैन । फिल्म ५४३ करोडमा बनेको हो ।
शनिवार र आइतबार यो फिल्मको कमाइले रेकर्ड राख्ने अनुमानहरु सार्वजनिक भएका छन् ।
एस शंकरको निर्देशन रहेको फिल्ममा बलिउड स्टार रजनीकान्त र अक्षय कुमार प्रमुख भूमिकामा छन् । भारतीय बक्स अफिसको वेभसाइटअनुसार हिन्दी भर्सनको फिल्मले बिहीबार सवा २० करोड कमाएको हो । तर, फिल्म चार भाषामा एकसाथ रिलिज भएको थियो । अन्य भाषाको कमाइ यसमा समावेश छैन ।
चारै भाषामा गरी पहिलो दिनको कमाइ सय करोड पुगेको भारतीय फिल्म विश्लेषकहरूको अनुमान सञ्चार माध्यमले प्रकाशन गरेका छन् ।
यो फिल्मले रिलिज भन्दा पहिला पेटेन्ट र अग्रिम बुकिङबाट लागतको करिब आधा रकम उठाइसकेको छ ।