२९ जेठ २०८३, शुक्रबार

संशोधन र निर्वाचन नचाहने शक्तिहरू एउटै हेडक्वार्टरबाट परिचालित : प्रचण्ड

कात्तिक २०, २०७४
संशोधन र निर्वाचन नचाहने शक्तिहरू एउटै हेडक्वार्टरबाट परिचालित : प्रचण्ड
काठमाडौं २० फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन र निर्वाचन नचाहने अतिवादी प्रवृत्तिको केन्द्र एउटै भएको बताएका छन् । शुक्रबार काभ्रेको कामिडाँडामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले संशोधन र निर्वाचन नचाहने शक्तिहरु एउटै हेडक्वार्टरबाट परिचालन भएको आरोप लगाएका छन् ।

‘मुलूक खुकुरीको धारमा भएको बेला प्रधानमन्त्रीको जिम्मेवारी लिएको छु । संविधान कार्यान्वयन गर्ने चुनौति हाम्रोसामू छ । एकथरि मान्छेहरु कुनै हालतमा संविधान संशोधन हुनै हुन्न भन्छन, अर्कोथरि मान्छेहरु चुनाव हुनै दिन्नौं भन्छन्’ प्रचण्डले भने, ‘एउटा हिङ नभए खानै नबस्ने, अर्को हिङ भए भित्रै नपस्ने ।

यी दुई अतिवाद नै मुलूकको प्रमूख समस्या हो । संशोधन र निर्वाचन नचाहने शक्तिहरु एउटै हेडक्वार्टरबाट परिचालन त छैनन् ? व्यवहार हेर्दा त्यस्तै लाग्छ ।’

अहिले स्थानीय तहको निर्वाचन नगर्ने हो भने मंसिरमा प्रदेश र केन्द्रको निर्वाचन गर्न नसकिने उल्लेखगर्दै प्रचण्डले भने, ‘संघीयता नचाहने र मन नपराउनेहरु स्थानीय तहको निर्वाचन नहोस् भन्नेमै छन् ।’

प्रचण्डले कामिडाँडा नेपाली राजनीतिको स्मरणयोग्य ठाउँ भएको बताए । कार्यक्रममा माओवादी केन्द्रका नेताहरु अमिक शेरचन, कमानसिंह लामा, सूर्यमान दोङ लगायतका वक्ताहरुले स्थानीय चुनाव तोकिएको समयमै हुनुपर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्