
काठमाडौं–सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ ।
सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालय अन्तर्गतको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिसँग रहेको छ । सचिवालय अहिले संघीय संसद् सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिले मन्त्रालय अन्तर्गत थियो ।
सचिवालयका प्रशासकीय अधिकृत रामप्रसाद बेल्वासेले लालपुर्जा आफूहरुसँग रहेको बताए ।
राणा परिवारले सरकारलाई सिंहदरबारको जग्गा बेचेका हुन् । सिंहदरबारमा ५० भन्दा बढी सानाठूला भवन रहेका छन् । सिंहदरबारभित्र भवन बनाउने र त्यसलाई व्यवस्थापन गर्ने काम पनि सचिवालयकै हो । नेपाल समाचारपत्र दैनिकमा विस्तृतमा खबर छापिएको छ ।