०८ साउन २०८३, शुक्रबार

एसिया प्यासिफिक समिट आज सकिँदै, प्रमुख अतिथि प्रचण्ड

मंसिर १६, २०७५
एसिया प्यासिफिक समिट आज सकिँदै, प्रमुख अतिथि प्रचण्ड
सन्दर्भ तस्वीर

काठमाडौँ– काठमाडौँमा जारी एसिया प्यासिफिक समिट आइतबार सकिँदैछ । समिट काठमाडौँ घोषणापत्र जारी गर्दै समापन हुनेछ । 

औपचारिक रुपमा शनिबारदेखि सुरु भएको समिट आइतबार सकिन लागेको हो । समिटमा सहभागी हुन सात देशका प्रतिनिधिहरु अहिले काठमाडौँमा छन् । 

यसैबीच, समिटमा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ प्रमुख अतिथि बन्दैछन् । बिहान ९ बजेदेखि सुरु पहिलो सेसनमा क्लाइमेट चेन्जको विषयमा छलफल हुनेछ । यो सेसनमा नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली सहभागी हुँदैछन् ।

साढे ११ बजे शुरु हुने दोस्रो सेसन मिडिया सम्बन्धी छ ।  अहिलेको समयका चुनौतीको सम्बोधनमा मिडियाको भूमिका विषयक सेसनमा नेपालका पत्रकारहरू हैन, लगानीकर्ता र व्यवस्थापकको मात्र प्रतिनिधित्व छ ।
 

salt training

कमेन्ट गर्नुहोस्