०२ असार २०८३, मंगलबार

सिद्धार्थ राजमार्ग आजदेखि तीन दिन बन्द

मंसिर १७, २०७५
सिद्धार्थ राजमार्ग आजदेखि तीन दिन बन्द

पाल्पा– सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डमा सोमबारदेखि तीन दिन बन्द हुने भएको छ । स्तरोन्नतिको काम शुरु भएकाले बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालयले जनाएको छ । 

सडकमा रहेको पहिरो हटाउनु पर्ने र मर्मत सम्भार गनुपर्ने भएकाले मंसिर १७ गतेदेखि १९ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म केराबारीदेखि चिडियाखोलासम्म सडक बन्द भएको हो । तर, अत्यावश्यकीय सवारी भने चल्न दिने जनाइएको छ ।

डिभिजन सडक कार्यालयले बाटो नै बन्द गरेरै मर्मत गर्ने भएपछि यात्रु भने मारमा पर्ने भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्