०८ साउन २०८३, शुक्रबार

मेलिनाको ‘तिम्ले बाटो फेर्यौ अरे २’ सार्वजनिक [भिडियोसहित]

मंसिर १७, २०७५
मेलिनाको ‘तिम्ले बाटो फेर्यौ अरे २’ सार्वजनिक [भिडियोसहित]

काठमाडौं–‘तिम्ले बाटो फेर्यौ अरे’बोलको गीत नसुन्ने युवापुस्ता विरलै होलान् । आजभन्दा तीन वर्षअघि युट्युवमा सार्बजनिक गीतमा मेलिना राईले स्वर दिएकी छिन् । गीतलाई हालसम्म १ करोड २३ लाख बढी पटक हेरिसकिएको छ । गायिका मेलिनाको चर्चा पनि यसै गीतमार्फत चुलिएको थियो ।

‘तिम्ले बाटो फर्यौ अरे’को सफलतासँगै यसको टिमले ‘तिम्ले बाटो फेर्यौ  अरे २’ सार्वजनिक गरेको छ । यस गीतमा पनि मेलिना राईले स्वर दिएकी छिन् ।

दर्पण राईको शब्द समावेश यस गीतमा विक्रम राईले संगीत भरेका छन् । आफूले गाएका मनपर्ने गीतमध्ये यो पनि एक भएको मेलिनाको भनाई छ ।

त्यस्तै, गीतकार दर्पण राई पनि यस गीतलाई लिएर निकै आशावादी छन् । शान थापाको निर्देशनमा तयार भएको ‘तिम्ले बाटो फेर्यौ अरे २’ को भिडियोमा मेलिना राई आफैँ फिचर्ड छिन् ।

अनिल के. मानन्धरले खिचेको भिडियोमा राजिव समरको कोरियोग्राफी तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्