
काठमाडौँ– महानगरीय प्रहरी वृत्त गौशालाले धारिलो हतियार प्रहार गर्ने एक जनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहारका आनन्द कुमार रहेको छ । उनले काठमाडौँ गौशाला बस्ने सर्लाही हरिवनकी एक महिलालाई खुकुरी प्रहार गरेको वृत्तले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले खुकुरी प्रहारबाट घाइते महिलाको ओम अस्पताल चाबहिलमा उपचार भइरहेको जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।