०२ असार २०८३, मंगलबार

कोटेश्वरस्थित सिटी टावरबाट पैसा लुट्ने दुई पक्राउ

मंसिर १७, २०७५
कोटेश्वरस्थित सिटी टावरबाट पैसा लुट्ने दुई पक्राउ

काठमाडौँ– काठमाडौँको कोटेश्वरस्थित सिटी टावरबाट पैसा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

काठमाडौँ महानगरपालिका–३२ शङ्खमूलका रामकृष्ण थापालाई बेहोस बनाउने औषधि खुवाई उनको साथमा रहेको रु दुई लाख ५० हजार लुटेको आरोपमा उनीहरुलाई आज प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा खोटाङ घर भई साँखु बस्ने सन्तोष खत्री र काठमाडौँ कोटेश्वर बस्ने बाग्लुङका २६ वर्षीय पुरुषोतम सुनार रहेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । 

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन ढोकाबाट भन्सार छली ल्याएको ४१७ ग्राम सुनको बाला र दुई थान सुनको सिक्रीसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
 गएराति पक्राउ परेका भारतीय नागरिक राजेश गोविन्दाको विषयमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्