०३ साउन २०८३, आइतबार

रोनाल्डो र मेसीलाई पछि पार्दै मोड्रीचले जिते बालोन डी’ओर अवार्ड

मंसिर १८, २०७५
रोनाल्डो र मेसीलाई पछि पार्दै मोड्रीचले जिते बालोन डी’ओर अवार्ड

काठमाडौं– सन् २०१८ को बालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । विश्व फुटबलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उनले यो अर्वाड जिते ।

फ्रान्सको पेरिसमा सोमबार राती विशेष समारोहबीच मोड्रीचलाई विश्व फुटबलकै चर्चित अवार्ड प्रदान गरिएको हो । ३३ बर्षीय मोड्रीचले पहिलो पटक यस अवार्ड जितेका हुन् । मोड्रीचले यसअघि अवार्डमा अधिपत्य जमाउँदै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एकाधिकारलाई समेत तोडेका छन् । 

विशेषगरी विश्वकप फुटबल र च्याम्पियन्स लिग फुटबलको उपाधि र उपलब्धिको सेरोफेरोमा घुम्दै आएको बालोन डी’ ओरका लागि यसपटक मोड्रीचनै वास्तबिक हकदार थिए । क्रोएसियालाई रुस विश्वकपको फाइनलसम्म पुरयाउन र रियललाई च्याम्पियन्स लिग जिताउन मोड्रीचको भूमिका उल्लेख्य थियो । त्यसैले मोड्रीच विश्व फुटबलकै उत्कृष्ट खेलाडी बने र पहिलो पटक बालोन डी’ ओर अवार्डमा नाम लेखाए । 

salt training

कमेन्ट गर्नुहोस्