२९ असार २०८३, सोमबार

प्रहरी तालिम केन्द्रमा गोली लागेर जवान घाइते, उपचारका लागि काठमाडौंमा लगियो

मंसिर १८, २०७५
प्रहरी तालिम केन्द्रमा गोली लागेर जवान घाइते, उपचारका लागि काठमाडौंमा लगियो

विराटनगर – प्रहरी तालिम केन्द्रमा गोली लागेर १ जना प्रहरी जवान घाइते भएका छन् ।

विराटनगरस्थित प्रहरी तालिम केन्द्रमा मंगलवार दिउँसो तालिमका क्रममा गोली लागेर सिरहा घर भएका २७ वर्षीय राजेन्द्र यादव घाइते भएका हुन् ।

तालिम लिने क्रममा उनीमाथि गोली लागेको प्रहरीले जनाएको छ । प्रशिक्षार्थी प्रहरीलाई तालिममा गोली हान्न सिकाउने क्रममा दिउँसो २ बजे घटना भएको हो । 

प्रशिक्षार्थीलाई ‘फायरिङ’ गराउने क्रममा अचानक पेस्तोलमै गोली अड्किएपछि त्यही पेस्तोल सफा गरेर बाहिर निकाल्न लाग्दा गोली पड्किएर प्रहरी जवानको हत्केलाबाट छिरेको तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुलबहादुर थापाले बताए ।

घटनापछि घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । विराटनगरको गोल्डेन अस्पतालमा भर्ना भएका घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्