३० जेठ २०८३, शनिबार

युवामाझ लोकप्रिय बन्दै ‘डर्मल पियर्सिङ’: स्वास्थ्यको हिसाबले कति ठिक ?

मंसिर २२, २०७५
युवामाझ लोकप्रिय बन्दै ‘डर्मल पियर्सिङ’: स्वास्थ्यको हिसाबले कति ठिक ?

काठमाडौंँ– पहिले छोराछोरी सुन्दर बनुन् भनेर सानै उमेमा बाबुआमाले नाक कान छेडिदिन्थे । त्यसका लागि कि श्रीपञ्चमीको दिन कुर्नुपथ्र्यो कि साइत हेरिन्थ्यो । 

बाल्यकालमा छेडिएका नाकाकानमा मुन्द्रा, फुली, बुलाकी कुण्डल, ढुङ्गी आदि सुनका गहना झुडयाइन्थ्यो । तर अहिले अब केटाकेटीको नाककान छेड्न हतारिनु पर्दैन । उमेर पुगेपछि आफ्नो शोख अनुसार आफैं तय गर्ने गर्छन् अहिले युवा वीन ‘फेसेनेबल’ तथा अरुभन्दा भिन्न देखिन ‘डर्मल पियर्सिङ’ निकै लोकप्रिय बनेको छ । शरीरको कुनै पनि भागको छालाको एक चिम्टी भागमा सानो प्वाल गरेर गहनालाई स्थायी रूपमा राखिन्छ । 
छाला तथा यौनरोग विशेषज्ञ मेलिना मानन्धर भन्नुहुन्छ, ‘मांशपेशीलाई वायोप्सी गर्ने सामानले डर्मल गर्ने भएको सानो चिम्टी मासु मात्र निकालिन्छ । यसमा आत्तिहाल्नु पर्देन् ।’ 

आजको गोरखापत्र दैनिक लेख्छ–छाला तथा यौन विशेषज्ञ मानन्धरले डर्मल गराएर सङ्क्रमण भएर आएको केश नभएको बताइन् । उनले भनिन्, ‘ पछि डर्मल निकाल्नुपर्यो भने खत बस्ने हुन्छ ।  डर्मल गर्दा कुन गहनाले गर्ने हो त्यो विचार गर्नुपर्छ मानन्धरले सबै व्यक्तिलाई जुन प्रकारको पनि गहना शरीरमा सहज हुँदैन, त्यसैले आफ्नो शरीरमा कुन प्रकारको गहना हुन्छ त्यो विचार पु¥याउनुपर्ने हुन्छ ।’
छालाको रोगहरुसम्बन्धी काम गर्ने ब्रिटिश एसोसिएसन अफ डर्मेटोलजिस्टका अनुसार गहिरो प्वाल पारेर एङ्कर लगाइएन भने त्यो आफ्नो स्थानबाट यताउता हल्लिने सम्भावना रहन्छ । र, बढी गहिरो प्वाल पारियो भने माथिको छाला मोटो हुनसक्छ ।

salt training

कमेन्ट गर्नुहोस्