
काठमाडौं– संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठकमा महाधिवेशनको तयारी, समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने पार्टीले जनाएको छ ।
पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले समसामयिक राजनीतिक विषयमा प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । सरकारमा सहभागी भएपछि संविधान संशोधनको विषयमा के कति काम भयो भन्ने विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने छ । त्यसबाहेक सङ्गठनको विषयमा पनि छलफल हुने छ ।