
काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जनकपुरमा आफूहरुले भव्य स्वागत गर्ने र उनको सम्मानमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका छन् ।
यादवले भने, “भारतका उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुर आउँदै हुनुहुन्छ, नेपाल र भारत दुई वटा स्वतन्त्र देश हुन् । भारत हाम्रो सबैभन्दा नजिकको मित्र राष्ट्र पनि हो । यो दुई वटा देश बनेपछि हाम्रा सम्बन्ध निर्माण भएको होईन । यो सम्बन्ध आधुनिक राज्य अस्तिवमा आउनुभन्दापनि पहिलेदेखिनै भएको हो ।”
उनले ईतिहास, सभ्यता र संस्कृतिलाई बचाउनको लागि पनि विवाहपञ्चमीमा अयोध्याबाट जन्ती लिएर आउने कार्यक्रम अनिवार्य आवश्यकत्ता रहेको स्पष्ट पारे । उनले भने, “सम्पूर्ण जनताले नै उत्साहका सथा स्वागत गर्नुपर्छ । हामी मुख्यमन्त्रीजीलाई भव्य स्वागत गर्छौं । उहाँको सम्मानमा कुनै कसर बाँकी राख्दैनौं ।”
आजको परिवेशमा सम्बन्धका आफ्नै रुप हुने उल्लेख गर्दै यादवले नेपाल र भारतबीच जनता–जनताबीचको सम्बन्ध मजबुद रहेको सुनाए । उनले भने,“नेपाल र भारतबीचको सम्बनध पूरानो, महत्वपूर्ण र ऐतिहाँसिक छ । हामी आँतुरका साथ स्वागत गर्न तयारी छौं । मुख्यमन्त्री योगीको भ्रमणले द्धिपक्षीय सम्बन्ध थप मजबुद बनाउँछ ।”
मुख्यमन्त्री योगीको भ्रमणले नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध प्रगाढ बनाउने उनको विश्वास छ ।
फरक प्रसँगमा उनले आफूहरुले जुन विश्वासका साथ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको हो अहिले त्यसमा सरकार खरो उत्रिन नसकेको आरोप लगाए ।