१३ असार २०८३, शनिबार

ट्रम्पका मुख्यसचिव केलीले यस वर्षको अन्त्यसम्ममा पदत्याग गर्ने

मंसिर २३, २०७५
ट्रम्पका मुख्यसचिव केलीले यस वर्षको अन्त्यसम्ममा पदत्याग गर्ने

काठमाडौं — अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनका मुख्यसचिव (चीफ अफ स्टाफ) जोन केली यस वर्षको अन्त्यसम्ममा पदमा नरहने घोषणा गरेका छन् । 

केलीलाई पदत्याग गर्न कैयौं दिनदेखि दबाब परिरहेको रिपोर्ट लगातार आइरहेका थिए । 

मरिन कोरका यी पूर्व जर्नेलको ट्रम्पसँग सम्बन्ध बिग्रेको केही समाचारमा उल्लेख गरिएको थियो । 

तर ट्रम्पले केली एक महान् व्यक्ति भएको वर्णन गरे र उनको स्थानमा आउने व्यक्तिको नाम एकदुई दिनमा घोषणा गरिने बताए । 

‘उनी मसँग दुई वर्षसम्म साथै रहे,’ ट्रम्पले भने, ‘म उनको सेवाको सराहना गर्छु ।’

ट्रम्पले प्रशासन सम्हालेयता कुल २८ व्यक्तिले कि त राजीनामा दिएका छन् कि त जागिरबाट निकालिएका छन् । 

अघिल्लो महिना रोयटर्स समाचार संस्थाले एक स्रोतलाई उद्धृत गर्दै उपराष्ट्रपति माइक पेन्सका मुख्यसचिव निक आयर्सलाई राष्ट्रपतिको मुख्यसचिव बनाइने सम्भावना रहेको लेखेको थियो । 

ट्रम्प प्रशासनमा लगातार भइरहेको लीक र दरबारिया षड्यन्त्रमा सैन्य अनुशासनका साथ लगाम लगाउनका लागि केलीलाई मुख्यसचिव बनाइएको थियो । उनले यसमा केही सफलता त पाए तर लीकहरू भइरहे अनि पछिपछि गएर त
मुख्यसचिव आफैं ढाडमा छुरा धस्ने र कर्मचारी फेर्ने काममा लिप्त भए । 

ह्वाइट हाउसमा काम सम्हाल्नु सजिलो काम हैन तर ट्रम्प प्रशासनले आफ्ना वरिष्ठ कर्मचारीहरूलाई कीर्तिमान गतिमा परिवर्तन गरेको छ । 

ट्रम्प अहिले तेस्रो राष्ट्यि सुरक्षा सल्लाहकार, पाँचौं सञ्चार निर्देशक र अब छिट्टै तेस्रो मुख्यसचिवसँग काम गरिरहेका छन् । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्